अब पठाओका राइडर र प्यासेन्जर दुबैले दुर्घटना वीमा पाउने

३ बर्ष अगाडि

अब उप्रान्त सेयर राइडिङ्ग ‘पठाओ’ प्रयोगकर्ता राइडर र प्यासेन्जर दुबैको दुर्घटना वीमा हुने भएको छ । 

हालसम्म सुरक्षा प्रत्याभूतिको सवालमा सडक दुर्घटनाको कुनैपनि जिम्मेवारी नलिएको कम्पनीले पहिलो पटक आफ्ना राइडर कर्मचारी र यात्रु दुबैको सुरक्षाको ग्यारेन्टी गरेको हो । 

पठाओका सञ्चालक अशिमसिंह बस्नेतले नेपालमै पहिलो पटक कम्पनीले सेयर राइडिङ्गमा दुर्घटना वीमाको ग्यारेन्टी लिएको दाबी गरे । ‘पठाओले पहिलो पटक यात्रु र राइडर दुबैको जीवन सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टीको शुरुवात गरेको छ । यस्तो सुविधा हाम्रा कर्मचारी र सेवाग्राहीलाई दिन पाउँदा हामीलाई निकै खुशी लागेको छ’ पठाओ सञ्चालक बस्नेतले भने, ‘मलाई लाग्छ, सेयर राइडिङ्ग सेवामा यस्तो सुविधा दिने नेपालमै हामी पहिलो कम्पनी हौं ।’

सञ्चालक बस्नेतका अनुसार अब पठाओ प्रयोगकर्ता मोटरसाइकल तथा ट्याक्सी चालक र यात्रु दुबैको अधिकतम ६ लाखको दुर्घटना वीमा हुनेछ । मोटरसाइकलमा सवार राइडर र एक यात्रुको वीमा हुनेछ भने, ट्याक्सीमा एक चालक र पछाडि बस्ने सबै जनाको वीमा हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया