काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कारवाही गर्ने भएकोे छ ।
त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ ।
नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने रु’ भन्दै स्पष्टीकरण सोधिएको छ ।
‘यो पत्र प्राप्त गरेको वा तपाइको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टिकरण दिनुहोला । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा तपाइँलाई थप कारवाही गरिने व्यहोरा पनि सूचित गरिन्छ’ पत्रमा भनिएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।