मंगलबार कस्तो रहन्छ देशभरको मौसम ?

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार  देशका अधिकांश क्षेत्रमा मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको हो ।

यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका मंगलबार राति एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

यस्तै तापक्रममा गिरावट आई चिसो बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन्।

‘देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु् र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ’, महाशाखाले सूचना जारी गरेर भनेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया