सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २ मा

माघ ६, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आइतवार फागुन २ गते  हुने भएको छ । 

सभा आम्रपाली ब्याङ्कवेट, नक्साल काठमाडौंमा दिउँसो ३ बजे बस्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ को वासलात नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को लागि कम्पनीको लेखापरीक्षकमा अहिलेकै लेखापरीक्षक देवकी बिजय एण्ड का चार्टर्ड एकाउन्टन्ट्स् पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८