स्याकार ट्रेडिङ कम्पनीले नेपाली बजारमा ल्यायो नयाँ होन्डा सिटी

३ बर्ष अगाडि

काठमाडौं ।  होन्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिटीको ५ औं जेनरेसनलाई नेपाली बजारमा भित्र्याएको छ ।

आकर्षक डिजाइन भएकोे होन्डा सिटीको यो जेनरेसनको लम्बाइ र चौडाइ अघिल्लोभन्दा बढी छ । होन्डा सोलिड विइङ फेस डिजाइनमा आधारित होन्डा सिटीमा वन टच इलेक्ट्रिक सनरुफ, सार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन सेल इन्टिग्रेटेड एलईडी डीआरएल छ । यसमा एल आकारको एलइडी टर्न इन्डिकेटर, जेड आकारको थ्रीडी ¥याप अराउन्ड युनिफर्म एलईडी साइड मार्कलाइटलगायत विशेषता छन् ।

साथै होन्डा सिटीले पहिलो पटक यो सेग्मेन्टमा एलेक्सा भ्वाइस सर्भिसमार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्नेछ । उत्कृष्ट माइलेज रहेको होन्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनले १८ दशमलव ४ किमि प्रतिलिटर र ६ स्पिड म्यानुअल ट्रान्समिसनले १७ दशमलव ८ किमि प्रतिलिटरको माइलेज दिन्छ । यसका साथै यस सेग्मेन्टमा लेन वाच क्यामेरा भएको होन्डा सिटी पहिलो सेडान हो ।

आई–एसआरएसयुक्त ६ एयर ब्याग रहेको यो कार आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित रहेको कम्पनीको दाबी छ ।  नेपाली बजारमा होन्डा सिटी भीएक्स सीभीटीको मूल्य  ६५ लाख ९० हजार र होन्डा सिटी जेड्एक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।  

यस्तै होन्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारको बजारमा पृथक पहिचान बनाएको कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया