गोरखाको धार्चेमा पर्यटन महोसत्व

३ बर्ष अगाडि

गोरखा जिल्लाको धार्चे गाउँपालिकामा माघ १५ गतेदेखि २५ गतेसम्म पर्यटन महोसत्व हुने भएको छ ।

महोसत्वमा ¥याफ्टिङ, क्यान्योइङ, रकक्लाइम्बिङ, जिपलाइनजस्ता साहसिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने धार्चे पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष मणि गुरुङले जानकारी दिएका छन् ।

धार्चे ३ तातोपानीबाट माछाखोला हुदैँ खानीबेसी बगरसम्मको बुढीगण्डकी नदीमा ¥याफ्टिङ गरिने गुरुङले बताएका छन् । 

यस्तै वडा ७ को नौलीखोला झरनामा २० मिटर र १० मिटरको दुई खण्डमा क्यान्योइङ सञ्चालन गरिने गुरुङको भनाइ छ ।
 
साथै, वडा नम्बर ६ को काशीगाउँबेसीमा १५ मिटर र १२ मिटर को रक क्लाइम्बिङ र ५० मिटर दुरी अनि ३० मिटर उचाइमा जिपलाइन खेल सञ्चालन गरिने आयोजकले जनाएको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया