प्रर्दशनको पहिलो दिनमै बक्स अफिसमा आक्रमक व्यापार गरेको साउथ स्टारर थलापति विजयको फिल्म ‘मास्टर’ले प्रदर्शनको पहिलो हप्तामै १ सय ८८ करोड व्यापार गरेको छ ।
उत्साहजनक व्यापार गरेको मास्टर कोरोना महामारीपछि सय करोड कमाउने पहिलो फिल्म बन्न सफल भएको छ। फिल्मफेयरका अनुसार, ३८ सय पर्दामा रिलिज भएको तमिल फिल्म ‘मास्टर’ पाँच दिनमै सय करोड क्लबमा परेको थियो ।
प्रर्दशनको पहिला ेदिन ३५ करोड कमाएको फिल्मले दोस्रोदिन १९ करोड ,तेस्रो दिन १५ करोड, चैथादिन १६ करोड, पाँचौ दिन ८.२५ करोड, छैटौ दिन ६.२५ करोड, सातौ दिन १२.६७ करोड र आठौ दिनमा १२.९ करोड कमाएको छ ।
तमिलनाडुबाट ८१ करोड र आन्ध्र प्रदेशबाट २० गरी सय करोड कमाइ गरेको हो। यसबाहेक फिल्मले कर्नाटक, केरलालगायत भारतका अन्य राज्यबाट फिल्मले पहिलो हप्तामै गरेको कमाइ १ सय ८८ करोड नाघिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
लोकेश कनागराजको निर्देशनमा बनेको फिल्ममा थालापती विजय र विजय सेतुपतिको मुख्य अभिनय रहेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।