कतारमा एक कम्पनिले माग्यो ९१ कामदार, कति छ तलब ?

३ बर्ष अगाडि

काठमाडौं- कतारमाको उमसेन्ड बेकरी (UMMSAID BAKERY) ले ९१ जना कामदारको माग गरेको छ ।

बेकरीले श्रम र गाडी चालक गरी ९१ जना कामदारको माग गरेको हो । श्रमका लागि ७० जना र गाडी चालकका लागि २१ जना कामदारको माग भएको हो ।

श्रमका लागि मासिक तलब ९०० कराती रियल र गाडी चालकका लागि १७०० कराती रियल रहेको छ । कामदारको योग्यता सम्बन्धित काम दक्ष हुनुपर्ने छ । ओभर टाइम कम्पनिको नियमअनुसार रहनेछ भने काम गर्ने समय प्रतिदिन ८ घण्टा रहेको छ । वार्षिक बिदा ६ दिन रहने छ भने करार अवधि २ वर्ष रहेको छ । कामदारको लागि खाना बस्ने सुविधा कम्पनिले नै उपलब्ध गराउने छ ।

स्वदेशमा हुने मेडिकल खर्च , रोजगारी बिमा, कामदारलाई हवाई टिकट,भिषा शुल्क, भिषा स्टयाम्पी र विदेशीमा गरिने मेडिकल खर्च कम्पनिले व्यहोर्ने छ भने स्वदेशमा गरिने म्यादी जीवन बीमा कामदार आँफैले व्यहोर्ने पर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया