६ महिनामा ३ लाख भन्दा बढीको मिनिरल वाटर आयात

३ बर्ष अगाडि

काठमाडौँ । नेपालमा चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ३ लाख भन्दा बढी रुपैँया बराबरको मिनिरल वाटर आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको ६ महिनाको  तथ्याङ्क अनुसार आ। ब ०७६÷७७को पुस मसान्त सम्ममा विदेशबाट ३ लाख ७६ हजार बराबरको मिनिरल वाटर भित्रिएको हो । 

जसमा  सबै भन्दा धेरै यूके बाट ३ लाख ६२ हजार रुपैयाको मिनिरल वाटर भित्रिएको छ भने छिमेकी मुलुक भारतबाट १३ हजार, आयरल्यान्ड बाट १ हजार मुल्य  बराबरको पानी नेपाल भित्रिएको तथ्याङ्क रहेको छ । 

पानीको आयात सँगै भन्सार बिभागले २ लाख २० हजार बराबरको राजस्ब संकलन गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया