शाहरुख र दिपीकाको शुटिङमा कुटाकुट, शूटिङ नै रोकीयो !

३ बर्ष अगाडि

बलीउडका सुपर स्टार शाहरुख खान र दिपीका पादुकोण ६ बर्ष पछी पुनः नँया फिल्ममा देखीने भएका छन् । बलीउडमा शाहरुख र दिपीकाको जोडी सर्वाधिक हिट जोडीका रुपमा चिनिन्छन् ।  ह्याप्पी न्यू  इयर पछी अब शाहरुख र दिपीकाको जोडीलाई फिल्म ‘पठान’ मा देख्न सकिने छ । यतीखेर पठानको शुटिङ चलिरहेको छ ।   

 पठान पछिल्लो केहि दिनदेखि चर्चामा छ । फिल्मको सेटमा शूटिङको क्रममा झगडा परेको खबर बाहिरिएको छ ।

झगडाको क्रममा निर्देशक सिद्धार्थ आनन्दलाई एक जना असिस्टेन्ट डायरेक्टरले थप्पड लगाएका छन् ।  बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दले कुरा नटेरेको कारणले शुरु भएको विवाद कुटाकुटमा परिर्वतन भएको थियो ।

 सिद्धार्थ आनन्द सेटमा धेरै आक्रोशित हुन्छन्  सेटमा मोवाईल चलाएको विषयमा असिस्टेन्टसंग सिद्धार्थको  चर्को विवाद भएको र असिस्टेन्टले सिद्धार्थलाई लगातार गाली गरेपछी सिद्धार्थले असिस्टेन्टलाई थप्पड लगाइदिए, तर त्यसको तुरुन्तै असिस्टेन्टले पनि जवाफमा सिद्धार्थलाई पनि थप्पड नै फिर्ता गरे ।

झगडाको कारण शूटिङ नै रोकीएको थियो । 

पठान यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सन फिल्म रहेको  छ ।  चलचित्रमा नायक सलमान खानको पनि केमियो भूमिका हुनेछ । चलचित्रमा जोन एब्राहमको भिलेनको भुमिका रहेको छ । यसमा जोन र दीपिकाले चर्को पारिश्रमिक लिन लागेको पनि खुलेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, जन एब्राहमले २० करोड रूपैयाँ पारिश्रमिकस्वरुप लिएका छन् भने दिपिकाले १५ करोड पारिश्रमिक लिएर काम गर्ने पक्का भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया