आखाँको श्रींगारमा कति खर्च गर्छन नेपालीहरु ? यस्तो आयो तथ्यांक

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पुष महिना सम्ममा विभिन्न देशहरूबाट  ५ करोड ६८ लाख रुपैयाँ बढिको आई मेकअपको सामग्री (आँखाको श्रींगार गर्ने सामग्री)  आयात भएको छ । भन्सार विभागको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाए हो ।

तथ्याङ्क अनुसार सबभन्दा धेरै चीनबाट २ करोड ८९ लाख ७२ हजार रुपैयाँ बराबरको ३९ हजार ९४० केजी र १५ हजार ३०८ पिस आई मेकअपको सामग्री आयात भएको छ ।
 
त्यस्तै भारतबाट १ करोड १६ लाख ४७ हजार रुपैयाँ बराबरको ४ हजार ९२२ केजी  र ७ सय ५३ पिस, अष्ट्रेलियाबाट ५१ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार १६९ केजी, जर्मनीबाट ३८ लाख ७ हजार रुपैयाँ बराबरको ३ हजार ८०७ केजी, इटालीबाट २३ लाख २७ हजार रुपैयाँ बराबरको २ सय ३१ केजी आई मेकअपको सामग्री आयात भएको छ ।
 
साथै विभिन्न देशहरू क्यानडा, फ्रान्स, कोरिया, फिलिपिन्स, पोल्याण्ड, अमेरिका, बेलायत, टर्की, थाइल्याण्ड बेल्जियम जस्ता विभिन्न देशहरूबाट आई मेकअपका सामग्री नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।  

विभागको तथ्याङ्कअनुसार चालु आवको समीक्षा अवधिमा उक्त देशहरूबाट जम्मा ५ करोड ६८ लाख ७ हजार रुपैयाँ बराबरको ४७ हजार ६८१ केजी र १६ हजार ७१ पिस आई मेकअप आयात भएको छ । भन्सार विभागले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया