ग्रीन लाईफ हाइड्रोपावरको आईपीओ बिक्री खुला माघ तेस्रो हप्तादेखि

३ बर्ष अगाडि

काठमाडौं- ग्रीन लाईफ हाइड्रोपावर कम्पनीको आईपीओ माघको तेस्रो हप्तादेखि सर्वसाधारणको लागी बिक्री खुला हुने भएको छ । ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा सो जानकारी दिइएको हो ।

शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । 

साथै हाइड्रोपावरले २०७७ माघ गतेदेखि लागू हुने गरी सानिमा क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । 

ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी १ अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ करोड बराबरको १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरु तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरेको थियो । 

स्थानीयमा जारी भएकोमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर र जारी पूँजीको १० प्रतिशतले हुन आउने १८ लाख कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० साधारण शेयर सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि निष्काशन गर्न स्वीकृती प्राप्त गरेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया