को को हुन् ? चन्द्रागिरी हिल्सको ११ कित्ता शेयर पाउने २ भाग्यमानी

३ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी हिल्सको साधारण शेयर कुल १ लाख ३९ हजार ६२२ जनाले पाएका छन् । शुक्रबार शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाट भएको हो ।  

जसमा १ लाख ३९ हजार ६२० आवेदकले १० कित्ताका दरले शेयर शेयर पाएका छन् भने २ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । उक्त ११ कित्ता संगीत पराजुली र राजु मुखियाले पाएका हुन् ।

आईपीओमा कुल १२ लाख १६ हजार ९५३ वटा आवेदन परेकोमा २ जनाले मात्र ११ कित्ता शेयर हात पारेका हुन् । कुल आवेदक मध्ये १२ लाख ११ हजार ११५ आवेदकलाई मात्र गोलाप्रथामा सहभागि गराइएको थियो ।

१ लाख ३९ हजार ६२२ आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफँड गरी बाँकी रहेको २ कित्ता शेयर १ कित्ताका दरले २ आवेदकलाई थप गरिएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया