काठमाडौँ । सरकारले किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ। दोस्रो चरण अन्तर्गत यही माघबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
पहिलो चरण अन्तर्गत साउन, भदौ र असोज अनि दोस्रो चरणमा माघ, फागुन र चैतमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाइने गरेको पोषण महाशाखाले जनाएको छ ।
सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीहरुलाई २६र२६ हप्ताको फरकमा यो औषधि खुवाउने गरेको छ।
आइरन फोलिक एसिड चक्कीले किशोरीहरुमा हुने रक्त अल्पता र जन्म दोषको समस्याबाट बचाउन र बौद्धिक क्षमता बढाउन सहयोग गर्छ।
नेपालको २२ प्रतिशत किशोरीहरुमा अझै पनि रक्त अल्पताको समस्या रहेको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।