के नेकपामा बाबुरामको इन्ट्री होला त ?

३ बर्ष अगाडि

पुष्पकमल दाहाल प्रचण्ड र  डा।बाबुराम भट्टराई बीच हिजो गोप्य छलफल भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी  (प्रचण्ड–माधव समूह)का अध्यक्ष दाहाल र  जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराई विच अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको हो । 

अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लागेका छन् । सोही क्रममा आज उनले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ । अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ ।

सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा।भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए । अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया