आक्रमक बन्दै विप्लव समूह, बागलुङमा पनि भेटियो शंकास्पद वस्तु

३ बर्ष अगाडि

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले झनै आक्रमक बन्दै गएको छ । 

आज नेपाल बन्द गरेको उक्त समुहले ठाँउ ठाँउमा शंकास्पद वस्तु छाडेर नागरिकमा त्रास फैलाइरहेको छ । 

त्यसै क्रममा बागलुङ नगरपालिका वडा नम्वर ३ हाडेपाखा स्थीति मध्यपहाडी लोकमार्गमा बम जस्तै देखीने शंकास्पद वस्तु फेला परेको छ । मध्यमहाडी लोकमार्ग वाट बागलुङ बजार प्रवेश गर्ने चोकमा उक्त वसतु फेला परेको हो । 

शनिबार बिहान सडकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त  शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया