पद छाडेपछि पहिलोपटक मिडिमा मुख खोल्दै ट्रम्पले भने, ‘हामी केही गर्नेछौं, तर अहिल्यै होइन,’

३ बर्ष अगाडि

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाडेपछि पहिलोपटक सार्वजनिक रुपमा मुख खोलेका छन् । उनले  कुनै न कुनै रुपमा आफ्नो पुुनरागमन हुने बताएका छन् । तर, कसरी पुनरागमन हुन्छ भन्नेबारे उनले केही बताएनन् । 
‘हामी केही गर्नेछौं, तर अहिल्यै होइन,’ ट्रम्पले वासिङटन एक्जामिनरका पत्रकार रोब क्राइल्लीसँग भने ।

बुधबार आफ्नो चार वर्षे कार्यकाल सकेर ट्रम्प ह्वाइट हाउसबाट बिदा भएका थिए । त्यसयता, वेस्ट प्लाम बिचस्थित ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा बसेर उनले पत्रकार क्राइल्लीलाई यस्तो प्रतिक्रिया दिएका हुन् । उनले क्राइल्लीसँगको कुराकानीमा यतिमात्रै धारणा राखेका थिए । 

राष्ट्रपति पद छाडेयता ट्रम्प मौन रहँदै आएका छन् । उनले जो बाइडेन प्रशासनबारे कुनै टिप्पणी गरेका छैनन् । ६ जनवरीमा संसद् भवनमा ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि ट्वीटरले पनि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ । जबकी, ट्रम्पले सञ्चारका लागि धेरैजसो अवसरमा ट्वीटर नै प्रयोग गर्थे । ट्रम्पले २०२४ को निर्वाचनमा पनि राष्ट्रपतिका लागि उम्मेदवारी दिने कतिपयको आँकलन छ । कतिपय व्यक्तिहरुका अनुसार २०२४ को निर्वाचन तयारी ट्रम्पले निकट भविष्यमै सुरु गर्नेछन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया