ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारीमा माधव–प्रचण्ड पक्ष

३ बर्ष अगाडि

नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । 

यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए । 
ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ । 

नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष लगातार संघर्षमा छ ।

नेकपाको यो पक्षसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले ओली कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै प्रतिगामी कदम सच्चिने बताउँदै आएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया