थप आन्दोलन तय गर्न नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध लगातार आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज आइतबार बस्ने भएको छ । 

गत शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

आज साढे बाह्र बजे थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने श्रेष्ठले बताए ।

यसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया