नेपालको ऋण १४ खर्ब ९१ करोड, ५ महिनामा २८ अर्ब ३२ करोड बढ्यो

३ बर्ष अगाडि

काठमाडौं-संघीय सरकारले तिर्नुपर्ने कुल ऋण करिब १४  खर्ब भन्दा धेरै पुगेको छ । गत मंसिर महिनासम्म नेपालको १४ खर्ब ९१ करोड ५६ लाख ऋण पुगेको अर्थ मन्त्रालयले जनाएको छ । 

यो ऋण गत साउनभन्दा रु २८ अर्ब ३२ करोड ५६ लाखले धेरै हो । 

चालू आर्थिक वर्षको पहिलोमहिनासम्म नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण रु १३ खर्ब ७२ अर्ब ५९ करोड थियो । त्यसमध्ये आन्तरिक रु ६ खर्ब १३ अर्ब २१ करोड र वैदेशिक ऋण रु ७ खर्ब ५९ अर्ब ३८ करोड थियो । 

मंसिरसम्म नेपालले तिर्नुपर्ने ऋणमध्ये आन्तरिक ऋण रु ६ खर्ब ७० अर्ब ७४ करोड र वैदेशिक ऋण रु ८ खर्ब २० अर्ब ८२ करोड रहेको छ । 

सरकारले मंसिर महिनासम्म ऋणको साँवा र ब्याज गरि रु ३२ अर्ब ५६ करोड रकम भुक्तानी गरेको छ । भुक्तानी गरिएको ब्याजमध्ये रु १२ अर्ब २३ करोड आन्तरिक ऋणको ब्याज रहेको छ भने बाह्य ऋणको सावाँ रु २९ अर्ब ५६ करोड र ब्याज रु २ अर्ब ६२ करोड भुक्तानी गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया