विकास निर्माणमा देखिएन प्रगति, विकास खर्चमा भारी गिरावट

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको मंसिर महिना सम्ममा संघिय सरकारको खर्च ३ खर्ब २८ अर्ब ४६ करोड पुगेको छ । गत आवको यहि अवधिको तुलनामा यो ९.९ प्रतिशतले बढि हो । 

अर्थ मन्त्रालयको मंसिरसम्मको अर्थ बुलेटीनले यस्तो देखाएको हो । तथ्यांक अनुसार गत आवको सोही अवधिमा २ खर्ब ९८ अर्ब ७० करोड मात्र भएको थियो । संघीय सरकारको कुल खर्च र चालु खर्च बढे पनि पूँजीगत र वित्तिय व्यवस्थापनको खर्च भने घटेको छ । 

चालु आवको समिक्षा अवधिमा चालु खर्च रु. २ खर्ब ८० अर्ब ७४ करोड भएको छ । गत आव सोही अवधिमा २ खर्ब ४६ अर्ब ९२ करोड खर्च भएको थियो । त्यसअनुसार गत बर्षको तुलानामा चालु आवको चालु खर्च १३.७ प्रतिशतले बढेको देखिन्छ । 

त्यस्तै पूँजीगत अर्थात् विकास खर्च ४.४ प्रतिशतले घटेको छ । चालु आवको मंसिर महिना सम्ममा ३५ अर्ब ९४ करोड पूँजीगत खर्च भएको छ । गत आवको सोही अवधिमा ३७ अर्ब ६१ करोड यस्तो खर्च भएका थियो । 

पुँजीगत खर्चलाई आधारमा मान्दा चालु आवको समिक्षा अवधीमा विकास निर्माण कार्यले त्यति गति लिन नसकेको देखिन्छ । कोरोना संक्रमणको जोखिमका कारा विकास निर्माणका कार्यहरु सञ्चालन गर्न कठिनाई भएपछि पुँजीगत खर्चमा सुधार आउन नसकेको मन्त्रालयको भनाइ छ । 

चालु आवको समिक्षा अवधिमा ११ अर्ब ७७ करोड वित्तीय व्यवस्थापन खर्च भएको छ । गत आवको यहि अवधिमा वित्तीय व्यवस्थापन खर्च १४ अर्ब १६ करोड भएको थियो । त्यो अनुसार गत आवको समिक्षा अवधीको तुलनामा १७.१ प्रतिशतले वित्तिय व्यवस्थापन खर्च घटेको देखिन्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया