भारतीय क्रिकेटर विराट कोहलीको कति छ त कुल आम्दानी ?

३ बर्ष अगाडि

काठमाडौं- भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली विश्वकै उत्कृष्ट क्रिकेटरको शीर्ष स्थानमा पर्दछन् । खेल मैदान र खेल मैदान बाहिर उनको लोकप्रियता र कमाईमा कुनै कमी छैन् । 

भारतीय एक रिपोर्ट अनुसार विराट कोहलीको हाल २०२१ सम्मको कुल आम्दानी ६ सय ८८ करोड( भारतीय) रुपैया अर्थात ६ अर्ब ८८ करोड रहेको छ । कोहलीले क्रिकेट तथा अन्य विभिन्न ठुला ठुला ब्रन्डका विज्ञापन कम्पनीहरुबाट थुप्रै रकम कमाउने गर्दछन् । 

यस्तै जो राँयल चैलंजर्स बेगलोर लीगका सबैभन्दा मंहगा खेलाडी रहेको भारतीय सञ्चार माध्यमले बताएको छ । उनले २०२० को आइपिएलमा १७ कारोड भारतीय रकम बुझेका थिए । साथै कोहलीले पछिल्लो १३ वर्षमा आइपिएलबाट मात्र १ अर्ब २६ करोड २० लाख भारतीय रकम कमाएका छन् ।

कोहली सोशल मिडियामा पनि एकदकै सक्रिय देखिन्छन् । उनको इन्स्टाग्राम ९२ लाखभन्दा बढी फ्लोअरस् रहेका छन् । कप्तान कोहली र उनकी पत्नी अनुष्का शर्मालाई यही जनवरीमा पुत्रीलाभ भएको थियो ।
 

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले सन् २०१७ मा बिहे गरेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया