एक महिनामा साढे १२ अर्ब बीमा प्रिमियम संकलन, गत बर्ष भन्दा ३८ प्रतिशतले वृद्धि

३ बर्ष अगाडि

काठमाडौं - गएको मंसिर महिनामा मात्र १२ अर्ब भन्दा बढि बीमा प्रिमियम संकलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आर्थिक बर्षको कार्तिक महिना सम्ममा ४९ अर्ब १० करोड बीमा प्रिमियम संकलन भएकामा मंसिर महिना सम्ममा ६१ अर्ब ६० करोड संकलन भएका छ । 

सो तथ्याङक अनुसार कार्तिक महिनादेखि मंसिर महिना सम्म एक महिनामै १२ करोड ५० लाख बीमा प्रिमियम संकलन भएको हो । मंसिर सम्म संकलन भएको प्रिमियम मध्ये जीवन बीमा तर्फ ८६.६ प्रतिशत र निर्जिव बीमा तर्फ १३.४ प्रतिशत रहेको छ । 

गत बर्षको तुलनामा यो बर्षको मंसिर सम्ममा ३८.८४ प्रतिशतले बीमा प्रिमियम संकलन बढेको छ । गत बर्षको मंसिर महिना सम्ममा ४४ अर्ब ३६ करोड ९१ लाख बीमा प्रिमियम संकलन भएको थियो । 

साथै चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा १८ हजार ५०२ कोरोना संक्रमितहरुलाई १ अर्ब ८० करोड २८ लाख ५० हजार रकम भुक्तानी दिइएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाको प्रभाव क्रमश कम हुँदै गएकोले आर्थिक क्रियाकलापहरु पनि पुन संचालन हुन थालेको मन्त्रालयले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया