पछिल्लो २४ घण्टामा थप २७० जनामा संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ।

आइतबार ४०३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया