यूएइले माग्यो आकर्षक तलवका साथ १५१ नेपाली कामदार

माघ ११, २०७७ | आजको अर्थ
ajaako_artha

यूएइको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ ।  यूएइको अर्ध सरकारी  कम्पनीले १५१  जना नेपाली कामदारको माग गरेको हो ।यूएइको हेमाया सेक्युरीटी सर्भिस कम्पनीले सेक्युरीटी गार्डका लागी १२६ जना  पूरुष र २५ महिला नेपाली कामदारको माग गरेको छ  । 

जस्को तलब खान बस्न सहित क्रमसः  ६३ हजार ५ सय ८० नेपाली रकम तलब रहेको छ । कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता  बिर्तामोडमा  यही माघ १५ गते , सुनसरीमा माघ १५ गते, चितवनमा माघ १५ गते, कास्कीमा माघ १६ र स्टेरीज एच आर सर्भिसको कार्यालय सामाखुसीमा १७,१८,१९ गते हुनेछ । कामदारको करार अवधि २ बर्षको रहेको छ। 

कामदारको हकमा  कम्तीमा एसएलसी पास गरेको र अंग्रेजी भाषा शुद्ध लेख्न पढ्न बोल्न सक्ने २२ बर्ष देखी ४० बर्ष ननाघेका  र कम्तिमा  ५ फिट सात इन्च उचाई भएका नेपाली नागरिक हुनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

कमेन्ट

Surendra karki  साउन २७, २०७६

मलाई पनि मन पर्यो म पनि जान चाहान्छु मलाई contact दिन सक्नु हुन्छ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८