प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई सदस्यबाटै हटाइएको छ । सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि ओली लाई नेकपाको साधारण सदस्यबाटै हटाइएको हो ।
नेकपा प्रचण्ड–नेपाल समूहले पार्टीबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको जवाफ नआएको र पार्टीविपरीतका क्रियाकलाप जारी राखेकाले साधारण सदस्यबाटै हटाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा केन्द्रीय कमिटीले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।