कोराना महामारीबीच पनि ६ महिनामा बीमा कम्पनीले आर्जन गरे ७८ अर्ब, कुनको कति ?

३ बर्ष अगाडि

बीमा कम्पनीहरुले गएकाे ६ महिनामै रु ७८ अर्ब भन्दा धेरैको बीमाशुल्क आर्जन गरेका छन् । गएका साउन देखि पुस सम्म नेपालमा कार्यक्षेत्र रहेका जीवन बीमा कम्पनीले रु ६२ अर्ब ८५ करोड र निर्जीवन बीमा कम्पनीले रु १५ अर्ब २० करोड गरी कुल ७८ अर्ब ५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको बीमा समितिले जनाएको छ । 

जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शुल्क मध्ये प्रथम बीमा शुल्क बापत रु २१ अर्ब ४ करोड , बीमा नविकरण शुल्क रु ४१ अर्ब ६६ करोड र बैदेशि रोजगार बीमाशुल्क १५ करोड छ ।  

सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी मा जीवन बीमाको कारोबार गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा १७ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यो भनेको बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कमा नेपाल लाइफ एक्लैको २८ दशमलव ०६ प्रतिशत योगदान हो । 

निर्जीवन बीमातर्फ भने शिखर इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरी अग्रता लिएको छ ।

जीवन बीमा तर्फ कुन कम्पनीले कति आर्जन गरे ? 

सबैभन्दा धेरै बीमाशुल्क आर्जन  गर्ने  नेपाल लाइफ इन्स्योरेन्सपछि जीवन बीमातर्फकै लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) ९ अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क आर्जन  धेरै बीमा शुल्क आर्जन गर्नेमध्ये दोस्रोमा रहेको छ । 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले यस अवधिसम्ममा ५ अर्ब ८१ करोड रुपैयाँ आर्जन गरेर तेस्रो स्थानमा छ । 

त्यसैगरी नेशनल लाइफले ५ अर्ब ५४ करोड रुपैयाँ, यूनियन लाइफले ३ अर्ब ३० करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब १६ करोड रुपैयाँ, सूर्या लाइफले २ अर्ब २८ करोड रुपैयाँ, गुँरास लाइफले २ अर्ब १३ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ५ करोड रुपैयाँ र प्राइम लाइफले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यो ६ महिनाको अबधिमा सिटिजन लाइफ, ज्योति लाइफ, रिलायवल लाइफ र रिलायन्स लाइफले पनि एक अर्ब माथि बीमा शुल्क आर्जन गरेका छन् ।  सिटिजन लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, ज्योति लाइफले १ अर्ब ४४ करोड रुपैयाँ, लाइफले १ अर्ब ३४ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेका छन् । 


सन नेपाल लाइफ, सानिमा लाइफ, आईएमई लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले भने कुल बीमाशुल्क आर्जन एक अर्ब माथि पुर्याउन सकेका छैनन् ।  सन नेपाल लाइफले ९९ करोड रुपैयाँ, सानिमा लाइफले ९७ करोड रुपैयाँ, आइएमई लाइफले ८८ करोड रुपैयाँ, प्रभु लाइफले ६३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

यो ६ महिनामा सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरूले आर्जन गरेको ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्कको शून्य दशमलव ७३ प्रतिशत मात्रै हो ।

 शिखर बाहे अरु निर्जीवन बीमा कम्पनीले बीमाशुल्क २ अर्ब पु¥याउन सकेनन् 

हाल सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले २ अर्ब भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको १३ दशमलव ८८ प्रतिशत हो ।

यस्तै, सगरमाथा इन्स्योरेन्सले १ अर्ब १३ करोड, नेको इन्स्योरेन्सले पनि १ अर्ब ३६ करोड रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब २१ करोड रूपैयाँ र एनएलजी इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बाँकी कुनैपनि बीमा कम्पनीहरूको बीमाशुल्क अर्ब नाघेका छैनन् । 

नयाँ निर्जीवन बीमा कम्पनीमा अजोड इन्स्योरेन्सले ६३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोे छ । यो पुरानो सञ्चालनमा रहेका युनाइटेड, ओरेन्टल, प्रुडेन्सियल, एभरेष्ट, हिमालयन जनरल र नेशनल इन्स्यारेन्सको भन्दा बढी हो ।
 यो अबधिमा नेको इन्सुरेन्सले १ अर्ब ३५ करोड, सगरमाथाले १ अर्ब ३३ करोड, सिद्धार्थले १ अर्ब २१ करोड, एनएलजीले १ अर्ब ११ करोड आर्जन गरेका छन् । 
त्यस्तै प्रीमियरले ९० करोड, प्रभुले ८६ करोड, इएमई जनरलले ७१ करोड, लुम्बिनी जनरलले ६८ करोड, नेपाल इन्सुरेन्सले ६३ करोड, अजोडले ६३ करोड, युनाइटेडले ५६ करोड, ओरिएण्टलले ५४ करोड, प्रुडेन्सियलले ५३ करोड र एभरेण्टले ५० करोड बीमाशुल्क आर्जन गरेका छन् । 
५० करोड भन्दा कम कमाउनेमध्ये हिमालयन जनरल इन्सुरेन्सले ४९ करोड, नेसनल इन्सुरेन्सले ४३ करोड, जनरल इन्सुरेन्सले ३५ करोड र सानिमा इन्सुरेन्सले २८ करोड आर्जन गरेका छन् । 

सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले आर्जन गरेको रकम निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्क १५ अर्ब २० करोड रुपैयाँको १ दशमलव ८४ प्रतिशत मात्रै हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया