भोलि १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलिदेखि (माघ १३ गते) देखि १० अर्बको बिकास ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । राष्ट्र बैंकले आइतबार एक सुचना जारी गर्दै भोलि विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने जानकारी दिएको हो । 
राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो । राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो । 
यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन् ।
यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ । उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ ।
ऋणपत्रमा भोलि २ बजे बोलकबोल हुनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले  अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् । 
भोलि बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ । व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ । 
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया