नेप्सेमा सूचीकृत यी ४ बैंकको पुसभित्र साधारण सभा हुन सकेन

३ बर्ष अगाडि

काठमाडौं - प्राय बैंकहरुले आफ्नो साधारण सभा पुस मासान्त भित्रै गर्ने गरेका हुन्छन् । तरनेप्सेमा सूचीकृत २६ बैंक मध्ये पुस मसान्त सम्ममा २२ वटा बैंकले मात्र आफ्नो बार्षिक साधरण सभा सम्पन्न गरेका छन् । त्यस मध्ये ४ वटा बैकले भने आफ्नो बार्षिक साधारण सभा सम्पन्न गर्न सकेका छैनन् । 

पुसभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने ४ वटा बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक, सिद्धार्थ बैंक र सिभिल बैंक हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते र नेपाल क्रेडिट एण्ड कर्मस बैंकले माघ ९ गते मात्र आफ्नो साधारण सभा सम्पन्न गरेका छन् । त्यस्तै सिद्धार्थ बैंकले माघ १६ गते आफ्नो साधारण सभा बोलाएको छ । 

साथै सबैभन्दा अन्तिममा लाभांश घोषणा गरेको सिभिल बैंकले हालसम्म साधारण सभा भने बोलाएको छैन । 

पुसभित्र नबिल, हिमालयन, एनआईसी एशिया, एनएमबि, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, कृषि विकास, प्राइम, कुमारी, सानिमा, मेगा, स्ट्याण्डर्ड चार्टड, लक्ष्मी, सिटिजन, माछापुच्छ्रे, एभरेष्ट, प्रभु, नेपाल एसबिआई, बंगलादेश, सनराइज र सेञ्चुरी बैंकले पुसभित्रै साधारण सभा सम्पन्न गरेका हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया