शेयरमूल्य ५ सय नाघीसक्दा पनि प्रभु लाइफको शेयरमा माग उस्तै

३ बर्ष अगाडि

तीन साता अघि नेप्सेमा सुचिकृत प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा अहिले पनि खरिद गर्न चाहानको चाप भने उस्तै रहेको छ । 

न्युन्तम रेन्चबाट कारोबार सुरु गरेको कम्पनीको शेयर मूल्य आज ५ सय २३ रुपैयाँ पुगेको छ । 

शेयर मूल्य बढे पनि कम्पनीको शेयर खरिदकर्ताको माग भने उस्तै नै रहेको हो । आज कम्पनीको शेयर खरिदका लागि ३ हजार ५ सय ९५ लगानीकर्ताले ७ लाख २१ हजार ३८० कित्ता शेयरको माग गरेका छन् । 

नेप्नेमा आइपीओ निष्काशन पछि सुचिकृत भएका अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेसँगै खरिद माग घट्दै जाने गर्छ  । 

३ बर्ष अगाडि

प्रतिक्रिया