मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं- मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनसहित गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

 कम्पनीले उक्त प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा बोलाएको छ । सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे हुने भएको हो ।

सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्दैछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया