अहिले सम्म सानिमाको म्युचुअल फण्डमा कति पर्यो आवेदन

३ बर्ष अगाडि

सानिमा म्युचुअल फण्डमा अहिले सम्ममा ४५ करोड बढीको आवेदन परेको छ  ।

सानिमा क्यापिटलले निष्काशन गरेको उक्त म्युचुअल फण्डमा दोस्रो दिनसम्ममा ३६ हजार ८  सय ४० आवेदकबाट ४५ करोड ५८ हजार १ सय रकमको आवेदन परेको हो ।

क्यापिटलले १ अर्बको नयाँ सामुहिक लगानी कोषको माघ ९ गतेबाट बिक्रि खुला गरेको थियो । क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो ।

जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया