एनसिसि बैंकले भन्यो, शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भएको छैन

३ बर्ष अगाडि

एनसिसि बैंकले नेप्सेलाई स्पष्टिकरण दिएको छ ।  

यस अघि हिजो नेप्सेले आइतबार एनसिसि बैंकको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए जानकारी दिन निर्देशन दिएको थियो। 

बैंकले उत्तरमा एक सूचना जारी गर्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कार्य नभएको जनाएको हो । 

त्यस्तै, बैंकले मर्जर तथा एक्वीजसनका लागि सञ्चालक समितिलाई अख्तियारी दिए पनि कुन बैंकसँग संस्थासँग मर्जमा जाने नजाने बारे टुंगो नलागेको जनाएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया