नेप्सेमा नेपाल लाइफको अत्याधिक कारोबार, लाभांश सुरक्षित गर्न खरिदकर्ताको चाप

३ बर्ष अगाडि

आज नेपालस्टक एक्स्चेन्ज (नेप्से)मा  नेपाल लाइफ इन्स्योरेन्सको अत्याधिक कारोबार भएको देखिएको छ । 

कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले शेयर खरिदबिक्री बढेको हो । 

अहिले सम्म कम्पनीको ३९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अहिले कम्पनीको ६६ हजार कित्ता शेयर खरिद माग गरिएको छ भने ६० हजार कित्ता शेयर बिक्रीका लागि राखिएको छ । 

कम्पनीको शेयर मूल्य ०.१८ प्रतिशतले बढेर २ हजार ८५४ मा कारोबार भइरहेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश कर प्रयोजनसहित गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

 कम्पनीले उक्त प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा बोलाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया