प्रभु क्यापिटलकोले सुरु गर्यो 'प्रभु दाई' अनलाइन सेवा

३ बर्ष अगाडि

काठमाडौ - प्रभु क्यापिटल लिमिटेडले प्रभु दाई नामक अनलाईन सेवा सुरु गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न उक्त सेवा शुरु गरेको हो ।

यस सेवा मार्फत क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवाको जानकारी प्राप्त गर्न सकिने छ ।  

साथै क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी ग्राहकहरुले सहजरुपमा पाउनका साथै  क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु प्रदान हुने कम्पनीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया