झण्डै ९ अर्ब बराबरको कारोबार हुँदा नेप्से दोहोरो अंकले बढ्यो

३ बर्ष अगाडि

कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ । 

आज कारोबार सुरु भएको केही समयमै ओरोलो यात्रा तय गरेको बजार अन्तिम समय सम्म आइपुग्दा १६.०४ अंकले बढेको हो । 

आज नेप्से परिसूचक २४ सय ४०.८८ को विन्दुमा पुगेको छ । 

आज नेप्से बढे पनि अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको छ । आज कारोबारमा आएका कम्पनीहर मध्य १०७ कम्पनकिो शेयर मूल्य घटेको छ भने ६२ कम्पनीको शेयर मूल्य बढेको छ । 

आज नेप्सेमा १ करोड ९२ लाख कित्ता शेयर कारोबार हुदाँ ८ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै भन्दा धेरै नेपाल लाइफको ६० करोड, नबिल बैंकको ३३ करोड र एनसिसि बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया