सनराइज बैंक सुरु गर्यो उदयपुर र ओखलढुङ्गामा शाखारहित बैंकिङ सेवा

३ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंकले उदयपुर र ओखलढुंगामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहा, र ओखलढुंगाको सिद्धिचरण नगरपालिका – ४ रुम्जाटार साथै मानेभञ्ज्याङ्ग गाउँपालिका –४ केत्तुकेमा एक एक गरी जम्मा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण र बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया