ओलीले प्रचण्ड–माधवलाई ‘कुलंगार र भस्मासुर’ भने पछि

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षलाई ‘कुलंगार र भष्मासुर’को संज्ञा दिएका छन् । 

उनले त्यस्ता प्रवृत्तिका मान्छेहरुले पार्टी छाडेर गएको पनि दावी गरे । 

सोमबार दाङको भालुवाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाललगायतको नाम उच्चारण नगरी दुईचार जना ‘कुलंगार र भष्मासुर’हरूले पार्टी छोड्दैमा कम्युनिस्ट आन्दोलन कमजोर नहुने दावी गरेका हुन् ।

उनले केही मान्छेहरुले पार्टी बैठकमा नआएर बैंक्वेट र रेष्टुरेष्टमा बसेर आफूलाई पार्टीबाटै हटाएको भनेर भन्ने गरेपनि उनीहरुलाई निर्वाचन आयोगले उचित जवाफ दिएको बताए ।  
‘दुईचार जना मानिस पार्टीको बैठकमा नआएर बाहिर गएर, चौतारीमा बसेर म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँडेका छन्’, ओलीले भने, ‘त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दियो । अध्यक्षसध्यक्ष कोही भएका छैनौ भनेर ।’ 

उनले आफूलाई पार्टीबाटै हटाएको भनेर प्रचार गरेपनि उनीहरुले आफूलाई पृथ्वीमै नरहे हुन्थ्यो भनेर भनिरहेको बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया