हुम्लामा चिनियाँ मदिरा नष्ट

३ बर्ष अगाडि

हुम्लामा नेपाल प्रहरीले ठुलो परिणामको चिनियाँ मदिरा (झिनीगिन्टी) बरामद गरेर नष्ट गरेको छ । 

खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले बिहान ३ः०० बजेको समयमा गाउँ भित्रँदै गरेको ११० कार्टुन बरामद गरेको हो । 

व्यापारिक परियोजनका लागि गाउँ ल्याइएको अवैध ठूलो परिमाणको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए। एक कार्टुनमा १२ बोतल हुने भएकाले ११० कार्टुनमा एक हजार तीन सय बोतल बरामद गरेर आज बिहान जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

एक बोतल सो मदिरा हुम्लामा रु ८०० मा बिक्री हुने भएकाले  एक हजार ३०० बोतलको रु १० लाख ४० हजार मूल्य बराबर ठूलो परिमाणको मदिरा नष्ट गरिएको हो । लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया