जहाजको जस्तो ‘स्टेरिङ्ग ह्वील’ भएको गाडी बजारमा, मूल्य १ लाख ३९ हजार डलर

३ बर्ष अगाडि

बहुचर्चित मोटर कम्पनी टेस्लाले जहाजको जस्तो ‘स्टेरिङ्ग ह्वील’ भएको गाडी सार्वजनिक गरेको छ । आफ्नो चर्चित  ‘मोडल एस’को २०२१ मोडलमा टेस्लाले जहाजको जस्तै देखिने यू आकारको ‘स्टेरिङ्ग ह्वील’ राखेको हो ।

कम्पनीले सो मोडल फेब्रुअरी पहिलो साताबाट डेलिभरी सुरु गर्न लागेको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले हालैमात्र नयाँ मोडल एसको क्याविनको तस्विर सार्वजनिक गरेका थिए । 

नयाँ तस्विर हेरेपछि सो मोडलको गाडीमा व्यापक परिमार्जन हुनसक्ने अनुमान विभिन्न रिपोर्टहरुमा गरिएको छ । टेस्लाले सन् २०१२ देखि यसमा ठूलो परिमार्जन गरेको थिएन ।

रिपोर्टहरुमा जनाइए अनुसार स्टेरिङको पछाडि स्कृन रहेको छ । १२.३ इन्चको डिजिटल क्लष्टर, कार्वन फाइवरको र काठको प्रयोग भएको ड्यासबोर्ड, थ्रि जोन क्लाइमेट कन्ट्रोल, २२ वटा स्पीकर यसमा पाउन सकिन्छ ।

कम्पनीले यसको टप भेरियन्टको मूल्य १ लाख ३९ हजार डलर मूल्य तोकेर विक्री सुरु गर्ने भएको छ ।

पहिलेको तुलनामा छिटो तिब्रगति भेट्टाउन सक्ने बनाइएको नयाँ मोडल एसले सून्यदेखि १०० किलोमिटरको रफ्तार केवल २ सेकेन्डमा भेट्न सक्छ । कम्पनीले यसको रेञ्जसमेत विस्तार गरेको छ । यसको प्लेड भेरियन्टले एक पटकको फुलचार्जमा ६२७ किलोमिटर र प्लेड प्लस भेरियन्टले ८३७ किलोमिटर रेञ्ज प्रदान गर्ने छ ।

प्लेड प्लस भेरियन्टको उच्चगति क्षमता ३२१ किलोमिटर प्रतिघन्टा रहेको छ भने प्लेड भेरियन्टको २५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

कम्पनीले यसको एक्सटेरियर र इन्टेरियरमा पनि व्यापक परिमार्जन गरेको छ । १९ इन्च र २१ इन्चको ह्वील प्रयोग भएको मोडल एसमा ग्लास रुफ, नयाँ बम्पर दिइएको छ । यसमा यू आकारको स्टेरिङ प्रयोग गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया