प्रधानमन्त्री रोजगार कार्यक्रम: न्यूनतम रोजगारीका लागी निवेदन सङ्कलन शुरु

फागुन १, २०७७ | आजको अर्थ
ajaako_artha

प्रधानमन्त्री रोजगार  कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन् । 

सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम १०० दिनको रोजगारी प्राप्त गर्नेछन् । न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएइको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि बेरोजगार व्यक्ति सूचीकरणका लागि परिपत्र गरेको छ । बेरोजगार व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण सङ्कलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाउन श्रम मन्त्रालयले आग्रह गरेको छ । यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने न्यूनतम रोजगारीले गरीब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान हुने मन्त्रालयले जनाएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

विनिमय दर

मुद्राएकाइखरिदबिक्री
INR (INDIAN RUPEE)१००१६०.००१६०.१५
USD (U.S. DOLLAR)१३१.८९१३२.४९
EUR (EUROPEAN EURO)१३८.४४१३९.०७
GBP (UK POUND STERLING)१६०.६२१६१.३५
CHF (SWISS FRANC)१३९.९०१४०.५४
AUD (AUSTRALIAN DOLLAR)८८.५९८८.९९
CAD (CANADIAN DOLLAR)९६.९०९७.३४
SGD (SINGAPORE DOLLAR)९७.१९९७.६३
JPY (JAPANESE YEN)१०९.६५९.७०
CNY (CHINESE YUAN)१८.८६१८.९५
SAR (SAUDI ARABIAN RIYAL)३५.०८३५.२४
QAR (QATARI RIYAL)३६.०९३६.२६
THB (THAI BAHT)३.७६३.७८
AED (UAE DIRHAM)३५.९१३६.०७
MYR (MALAYSIAN RINGGIT)३०.०१३०.१४
KRW (SOUTH KOREAN WON)१००९.९८१०.०३
SEK (SWEDISH KRONER)१२.७२१२.७७
DKK (DANISH KRONER)१८.६११८.७०
HKD (HONG KONG DOLLAR)१६.९५१७.०३
KWD (KUWAITY DINAR)४२९.६७४३१.६२
BHD (BAHRAIN DINAR)३४९.८४३५१.४३