पछिल्लो २४ घण्टामा १२५ जनामा संक्रमण पुष्टि, ९१ जना संक्रमणमुक्त

३ बर्ष अगाडि

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । नेपालमा १ हजार ६२१ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ रहेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख २७ हजार ७८९ नमुनाको पीसीआर परीक्षण भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया