ओपो ए१५एस बजारमा सार्वजनिक, कति छ बजार मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं-  नेपालमा ओपोले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए१५एस सार्वजनिक गरेको छ । 

प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखि ओपो ए१५एस मा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको छ । फोनमा ६.५२ ईञ्च स्क्रिनको प्रयोग गरिएको छ ।

फोनमा फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।

बृहत्त सञ्चय क्षमता, स्मूथ प्रदर्शनी

ओपो ए१५एस मा तिब्र ‘रिड एण्ड राइट’ गतिका लागि ४जीबी ¥याम र स्मूथ कार्य प्रदर्शनी क्षमताका लागि ६४जीबीको बृहत्त सञ्चय क्षमता उपलब्ध गरिएको छ । यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार २५६जीबी सम्म बढाउन समेत सक्छन् । 

शक्तिशाली हार्डवेयरका साथै, ओपो ए१५एस मा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन पनि उपलब्ध छ । यसले कार्यक्षमतामा ५ प्रतिशतको बृद्धि ल्याउँछ ।

ओपो ए१५एस मा डाइ¥याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधिपनि उपलब्ध गरिएको छ । यो प्रविधिले संगीत, चलचित्र लगायत गेमिङमा समेत अनुकुलित एकोस्टिक ईफेक्ट प्रदान गर्छ सघाउँछ ।

एकपटक चार्ज गरी पूरै दिन फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपो ए१५एस मा ४३२०एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ । यसमा ब्याट्री सकिनै लागेको अवस्थामा समेत ट्याक्सी बुक गर्न वा आफ्ना प्रियजनसंग कुराकानी गर्न पर्याप्त हुने उर्जा प्रदान गर्न सुपर पावर सेभिङ मोड पनि उपलब्ध गरिएको छ । साथै, फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वा एआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन् ।

एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन

ओपो ए१५एसमा प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सधाउन यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ । पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ ।

दैनिकीका पलहरु कैद गर्न ओपो एफ१५मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ । 

त्यसैगरी, पोटे«ट बोके फिचरले पोटे«ट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्सपनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५एसले एआई सिन ईन्ह्यान्समेन्ट सुविधापनि दिन्छ ।

यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि(अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १) ब्रिलियन्ट भिडियो फिल्टर्सपनि उपलब्ध गराउँछ ।

बजार उपलब्धता

फागुन ४ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत नयाँ फोन ए१५एस देशभर उपलब्ध गराइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ४जीबी ¥याम र ६४जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए१५एसको बजार मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया