गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने

३ बर्ष अगाडि

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल  अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने  भएको छ । निमार्णको काम अन्तिम चरणमा पुगेको र  भौतिक संरचना निर्माण लगभग सकिएको विमानस्थल निर्माण आयोजनाले जनाएको हो।  

विमानस्थलको  हालको अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ ।  विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले प्राविधिक उपकरण जडानको काम बाँकी रहेको छ । 

आयोजनाको हाल प्राविधिक कार्य  चलिरहेको र नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको भएता पनि विदेशी दक्ष प्राविधिक जनशक्ति  धमाधम आइरहेकाले प्राविधिक काम  छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको  हो ।विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण आइसकेपनि अमेरिका,भारत,दक्षिण कोरीयाबाट दक्ष प्राविधिक आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् ।

 अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ्रोगनको कार्य  सँगै प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडान ,व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ । 

 विमानस्थल सन् २०२१ को शुरुआतबाट सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को योजना भएता पनि कोरोना महामारीका कारण प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको  विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया