एजेन्सी - 'बिग बोस सीजन १४' को उपाधि रुबिना दिलाइकले हात पारेकी छिन् । उनले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी हुन् ।
फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । शो १४० दिनसम्म चलेको थियो । बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन् ।
राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन् । अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् ।
टप टुमा रुबीना र राहुल पुगेका थिए । यसअघि निक्की पनि १४ लाख रुपैयाँको विकल्प चुनेर शोबाट बाहिरिन चाहन्थिन् । तर, राखी सावन्तले पहिले घण्टी थिचेकोको कारण उनले सो विकल्प चुन्ने मौका पाइन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।