काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुँगो लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गराएपछि नेकपा विभाजित बनेको हो । त्यस पछि अहिले प्रचण्ड-नेपाल तथा ओली समूहले छुट्टाछुट्टै नेतृत्व चयन गर्दै आएका छन् ।
यसअघि केन्द्रीय र प्रदेश नेतृत्व चयन गरेका थिए । अहिले प्रचण्ड-नेपाल समूहले जिल्ला नेतृत्व पनि टुंग्याएको हो ।
९ फागुनमा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच बराबरीमा जिल्ला नेतृत्व चयन गर्ने सहमित भएको थियो । दुवै अध्यक्षबीच भएको नौ बुँदे सहमतिपछि आज जिल्ला नेतृत्व चयन गरेका हुन् ।
सोमबार चयन गरिएको जिल्ला नेतृत्वमा ३५ जिल्ला पूर्वमाओवादी समूहका र ३३ जिल्लामा पूर्वएमाले समूहका छन् । अब नौ जिल्लामा मात्रै नेतृत्व चयन गर्न बाँकी छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।