महिला हिंसा  अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला

३ बर्ष अगाडि

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक प्रयत्नको खाँचो औँल्याएकी छन् ।     
        
नेपाल प्रेस युनियन जिल्ला शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले महिला सशक्तीकरण र नेतृत्वमा अग्रसर गराउनका लागि देशव्यापि अभियान सञ्चालन गरेको बताएकी छन्। उनले  सुदूरपश्चिमका नौ  र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान  सञ्चालन गरेको जानकारी दिँदै महिला हिंसा अन्त्य गर्न सरकारले ध्यान नदिएको आरोप समेत लगाएकी हुन्  । 

३ बर्ष अगाडि

प्रतिक्रिया