तातोपानी नाका पुनः सञ्चालनमा

३ बर्ष अगाडि

तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि १० दिनपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको हो । 

सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । 

यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया