'प्रसाद २' मा विपीन र नम्रतापछि निश्चल

३ बर्ष अगाडि

काठमाडौं - नेपाली कथानक चलचित्र ‘प्रसाद २’ मा निश्चल बस्नेतले अभिनय गर्ने पक्का भएको छ । चलचित्रका लागि हालै निश्चलले फिल्म निर्माण पक्षसँग औपचारिक सम्झौता गरेका हुन् ।

विपीन कार्की र नम्रता श्रेष्ठ यसअघि नै अनुबन्धित भइसकेको यस चलचित्रलाई सुभाष थापाले निर्माण गर्दै छन् भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।  

दिनेश राउतले निर्देशन गरेको सिनेमा ‘प्रसाद’मा विपीन, नम्रता र निश्चलको अभिनय रहेको थियो ।

‘प्रसाद २’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने भएको छ । यो सिनेमाको कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका छन् । ‘प्रसाद’को कथा पनि उनले नै लेखेका थिए । चैतको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्माण टिमले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया