एजेन्सी - तेलुगू स्टार रवी तेजाले आफ्नो पारिश्रमिक बढाएका छन् । फिल्म ‘क्र्याक’को सफलता पछि उनले आफ्नो पारिश्रमिक बढाएका हुन् ।
फिल्मको सफलता पछि रवीले पारिश्रमिक १६ करोड पुर्याएका छन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार फिल्म ‘क्र्याक’ले विश्वव्यापी रुपमा ६० करोड बढीको व्यापार गरेको थियो ।
यो फिल्मको ओभरसिज राइट २० करोडमा बिक्री भएको थियो । रवीको अभिनय करियरमा सर्वाधिक हिट फिल्ममा ‘क्र्याक’ पनि परेको छ ।
निर्माता नाकिना त्रिनाधा राओले रवीसँग सहकार्य गरी ‘आरटी ६८’को घोषणा गरेका छन् । यसका लागि उनले १६ करोड पारिश्रमिक मागेका हुन् ।
‘क्र्याक’को सफलता देखेर निर्माताहरु पनि रवीलाई १६ करोड पारिश्रमिक दिन राजी भएका छन् ।
फिल्म ‘आरटी ६८’ रवीको करियरको ६८ औं फिल्म हो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।